नेपाल एसिया कपबाट बाहिरियो,भारत र पाकिस्तान सेमिफाइनलमा
काठमाडौं: श्रीलंकामा जारी एसीसी महिला टि २० एसिया कपबाट नेपाल बाहिरिएको छ। आज सम्पन्न समूह चरणको अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएको नेपाल एसिया कपबाट बाहिरिएको हाे।
भारतले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउँन सक्यो ।
नेपालका लागि ओपनर सिता राना मगरले २२ बलमा १८ तथा बिन्दु रावलले १९ बलमा अविजित १७ रन बनाईन् ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउदै १७८ रन बनाएको हो ।
भारतका लागि सेफाली बर्माले सर्बाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन् । त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाइन् ।
नेपालका लागि सिता राना मगरले २ र कबिता जोशीले एक विकेट लिइन् ।
याे संगै समूह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा नेपाल र युएई प्रतियोगिताबाट आउट भएका हुन्।
नेपालले पहिलाे पटक एसिया कप खेलेकाे हाे।
