एसिया कप: नेपाल र भारत भिड्दै
काठमाडौं: श्रीलंकामा जारी एसीसी महिला एसिया कप टि २० क्रिकेटमा आज नेपालले भारत भिड्दैछन् ।
उक्त खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ ।
पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो।
भारत २ खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा, पाकिस्तान एक जितसहित दोस्रो स्थानमा र नेपाल समान एक जितसहित तेस्रो स्थानमा छ।
सेमिफाइनल पुगिसकेको भारतलाई कुनै दबाव छैन भने नेपालका लागि आजकाे खेल जित्नैपर्नेछ।
नेपाल पहिलाेपटक एसिया कप खेल्न लागेकाे हाे।
