काठमाडौं: राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।
रायको गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै हत्या भएको हो ।
मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार राति १ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो।
रायको कसले र किन हत्या गरे भन्नेबारे खुल्न सकेको छैन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
