काठमाडौं: नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएको छ । नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथसँगै २२ सदस्यीय मन्त्रिपरिषद विस्तार भएको हो ।
नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो चरणमै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नु भएको भए पनि सरकारमा सहभागि हुने केही दलले मन्त्री सिफारिस गर्न ढिलाई गरेका कारण पूर्णाकार नपाएको बताइएको छ ।
नेपालको संविधान अनुसार सहायकमन्त्री, राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद बनाउन सकिने व्यवस्था छ ।
यसैबीच नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सबै मन्त्रीहरूले शपथ लिनुभएकाे छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र मन्त्रीहरूलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाउनुभयाे।
प्रधानमन्त्री र मन्त्रीहरूको सूचीः
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही, वन तथा वातावरण

