एनपीएलमा आज विश्राम,भोलि दुई खेल हुने

काठमाडौं :राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज शुक्रबार कुनै पनि खेल राखिएको छैन। आज विश्राम रहेको छ ।

भोलि शनिबार भने दुई खेल हुनेछन् । त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रोमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्नेछन्।
दोस्रो खेल खेल्न लागेको लुम्बिनी र चितवनले पहिलो खेल जितेका थिए । दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।
एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।
हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!