काठमाडौं:लुम्बिनी लायन्सले तेस्रो संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल)मा शानदार सुरूआत गरेकोे छ।
जितका लागि पाएकाे ८८ रनकाे झिनाे लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे।
लुम्बिनीले सुदूरपश्चिम राेयल्सलाई ७ विकेटले हरायाे।
जसमा डार्सी सर्टले सर्वाधिक ४०,आसिफ शेखले ३२ रन बनाए।
सुदूरपश्चिमका अनिल खरेलले २,कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेकाे सुदूरपश्चिम ८७ रनमा समेटियाे।
जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए।
लुम्बिनीका किशाेर महताेले ४,शेर मल्लले ३ विकेट लिए।
यसअघि गत संस्करणको फाइनलमा पनि लुम्बिनीसँग सुदूरपश्चिम हारेको थियोे ।
प्रतियोगिता अन्तरगत भाेली दुई खेल हुनेछन् ।
पहिलाे खेलमा मध्यान्ह १२ बजे विराटनगर किङ्स र चितवन राइनाेज तथा दाेस्राेमा बेलुका ५ बजे जनकपुर बाेल्टस र कर्णाली याक्स भिड्नेछन् ।
