विश्वकप क्रिकेट लिग-२: नेपालकाे छैटौं स्थान सुरक्षित,एकदिवसीय मान्यताकाे सम्भावना

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ।
ओमानमाथि १० रनकाे राेमाञ्चक जित निकालेपछि नेपालले अंक तालिकाकाे छैटौं स्थानमा सुरक्षित गर्दै लिग-२ टुंगाएकाे हाे।

याे जितले नेपाल ३६ खेलमा ३० अङ्कसहित छैटौँ स्थानमा पुगेको छ।
लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ ।

यसअघि शीर्ष–४ को होडबाट बाहिरिइसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सीधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ ।
जितका लागि पाएकाे २८१ रनकाे लक्ष्य पछ्याएकाे ओमानले ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन मात्रै बनाउन सक्याे।
उसका जतिन्दर सिंह र हम्माद मिर्जाले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन्। सिंहले सर्वाधिक ८९ तथा मिर्जाले ८७ रन बनाए । 

नेपालका दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले २/२ विकेट लिदा नन्दन यादब र कप्तान सन्दीप लामिछानेले १/१ विकेट हात पारे।

यसअघि नेपालले घरेलु टोली ओमानलाई २८१ रनको लक्ष्य दिएको थियाे ।

अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनायो । नेपालका ३ जना खेलाडीले अर्धशतक बनाए । रोहित पौडेल ८०, दीपेन्द्रसिंह ऐरी ६९ र देव खनाल ५७ रन बनाएको आउट भए ।

आजकाे खेलमा दीपेन्द्र र रोहितले चौथो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि भीम सार्की र गुल्सन झाले चाैथाे विकेटका लागि गरेकाे ९६ रनको साझेदारी आज ताेडियाे।

ओमानका शाह फैसलले ५, जे ओदेद्राले ३ विकेट लिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!