बैतडी:जिल्ला भलिबल संघ बैतडीको अधिवेसन सम्पन्न भएको छ । अधिवेशनबाट बसन्त प्रकाश बिष्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा प्रेम चन्द र उपाध्यक्षमा अशोक बहादुर चन्द, सचिवमा देव महरा र कोषाध्यक्षमा सरस्वती खत्री बोहरा चयन भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष बिष्टले बैतडीमा भलिबल खेलको विकास र विस्तारका साथै खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
