कर्णाली शिवराजद्वारा दोस्रो विदेशी खेलाडी कुड्रासोउ अनुबन्ध

काठमाडौं:कर्णाली शिवराजले आगामी नेपाल भलिबल लिग (NVL) का लागि दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउ (Artsiom Kudrashou) लाई अनुबन्ध गरेको छ।

कुड्रासोउ Outside Hitter पोजिसनमा खेल्नेछन्। उनको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ।

यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेक (Emilian Smętek) लाई आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ।
नेपाल भलिबल लिग यही भदौ १९ देखि हुँदैछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!