एनभीएल भलिबलकाे मिति सार्वजनिक

काठमाडौ:नेपाल भलिबल लिग (एनभीएल)काे मिति सार्वजनिक भएको छ। प्रतियोगिता आउँदो भदौ १९ देखि २७ गतेसम्म हुने भएको हाे।

आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बहुउदेश्यीय कभर्डहलमा सञ्चालन हुने जनाएको हो ।

लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत भइसकेको छ । अक्सनमार्फत खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाण्डौ रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, सगरमाथा स्माशर्स र मधेश वारियर्सले आ–आफ्नो टोली निर्माण गरेका छन् ।

सहभागी टोलीको खेलतालिका सार्वजनिक हुन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!