काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलाे संस्करणकाे विजेता जनकपुर बोल्ट्सले अमेरिकी अलराउन्डर हरमित सिंहलाई अनुबन्ध गरेकाे छ।
जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारीसहित अनुबन्धन गरेको जानकारी दिएको हो ।
स्पिनर हरमितले पछिल्ला दुई संस्करण सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
हरमितले पहिलो संस्करणमा खेलबाट आठ विकेट लिनुका साथै २८ रन बनाएका थिए ।
दोस्रो संस्करणमा उनले नौ खेलमा १३३ रन बनाउनुका साथै १२ विकेट लिएका थिए ।
हरमितले अमेरिकाबाट २९ एकदिवसीय अन्तर्राष्ट्रिमा ३९ विकेट तथा २९ टी–२० अन्तर्राष्ट्रियमा ३१ विकेट लिएका छन् ।
