चारदिनदेखि बेपत्ता महरा मृत भेटिए 

बैतडी:बैतडीको पाटन नगरपालिका–८ राङ्गाजुजौनाका ६८ बर्षीय जयसिंह महरा मृत फेला परेका छन् । 

गएको बुधबारदेखि बेपत्ता रहेका महराको शव पाटन नगरपालिका–२ ठडकुडास्थित मसानी भीरमा आज दिउँसो साढे चार बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयाे । 

गाउँकै आफन्तसँग भैंसी खरीद गर्नका लागि घरबाट निस्किएका महरा बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि प्रहरी र गाउँले मिलेर खोजी गरिरहेका थिए । बेपत्ता महराको खोजी गर्दै जाँदा आज मृत भेटिएका प्रहरी निरीक्षक सिंहले बताउनुभयाे। 

भैंसी खरीद गरेर आफन्तहरु घर फर्किएपनि महरा भने ‘मामाघर जाने’ भन्दै बीच बाटोबाटै छुट्टिएका थिए । त्यसपछि उनी बेपत्ता भएका थिए । 

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!