जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड पुर्चाैडीले जित्याे

बैतडी: बैतडीकाे निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सम्पन्न १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि पुर्चाैडी नगरपालिकाले जितेकाे छ।
पुर्चाैडी १२ स्वर्ण,९ रजत र ७ कास्यसहित प्रथम भएकाे हाे । पुर्चाैडीले लगातार दाेस्राेपटक जिल्लास्तरीय रनिङ शिल्ड जितेकाे हाे।
यस्तै सिगास गाउँपालिका ९ स्वर्ण, ५ रजत र ७ कास्य हात पार्दै दाेस्राे भयाे।
तेस्राे भएको दाेगडाकेदार गाउँपालिकाले ५ स्वर्ण,९ रजत र ८ कास्यपदक पायाे।
जिल्ला खेलकुद समिति र दशरथचन्द नगरपालिकाकाे संयुुक्त आयाेजनामा प्रतियोगिता वैशाख ७ गतेदेखि सुरू भएको प्रतियोगितामा जिल्लाका १० वटै पालिकाकाे सहभागीता रहेकाे थियाे।
प्रतियोगितामा छात्र / छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्टका खेलहरू भएका जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जाेशीले बताउनुभयो ।
जिल्लास्तरीय रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेस्तरीय छनाेटका लागि जिल्लाकाे टिममा समावेश गरिने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिनुभयाे।
गत वर्ष सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि पुर्चाैडी नगरपालिकाले जितेको थियाे।

Oplus_131072

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!