सुरेश महरा/बैतडी:बैतडीको सुर्नया गाउँपालिकाको गाउँसभा विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ ।
पटक–पटक स्थगित हुँदै आएको यो बर्षको दोश्रो गाउँसभाकाे १८ औं अधिवेशन आज सम्पन्न भएको हो ।
गाउँसभाले गाउँकार्यपालिकाले गत असार १७ देखि हालसम्म गरेका निर्णयहरु पारित गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयाे।
यस्तै सभाले सुर्नया गाउँपालिकाको वातावरण संरक्षण ऐन २०८२ पारित गरेको छ ।
यस्तै भौतिक पूर्वाधार शाखामा कार्यरत प्राविधिक कर्मचारीहरुको फिल्ड भत्ता सम्बन्धी कार्यविधि २०८२ र लेखा समिति गठन गर्ने प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको जनाएको छ ।

