सरकारी कार्यालयकाे समय बिहान ९ देखि बेलुका ५ बजेसम्म

काठमाडौँ: सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु आजदेखि बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म सञ्चालनमा आएका छन्।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृह मन्त्रालयले आजै राजपत्रमा प्रकाशन गरी सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय परिवर्तन गरेकाे हाे।

परिवर्तित समयअनुसार बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म कायम छ ।
तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गर्ने राजपत्रमा प्रकाशित गरिएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!