बैतडी: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नका लागि सुदूरपश्चिम प्रदेशको प्रारम्भिक टाेली छनाेट गरिएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार ३३ खेलाडीलाई छनाेट गरेर बन्द प्रशिक्षणका लागि बाेलाएकाे हाे।
गत माघमा सञ्चालन भएकाे प्रादेशिक छनाेट प्रतियोगिताबाट गरेकाे प्रदर्शनका आधारमा प्रारम्भिक टाेलीकाे घाेषणा गरिएको जनाएको छ।
छनाेट हुने खेलाडीहरूमा शेर मल्ल,भोज राज भट्ट,अशोक धामी,हेमन्त धामी,सौर्य श्रेष्ठ,बिकाश आग्री,किरन ठगुन्ना,टेक रावत,अरुण ऐरी,खडक बोहरा,अभिषेक पाल,प्रकाश पाण्डे,दिपक बोहरा,आयुव चन्द,राहुल भण्डारी,मिलन बोहरा,नारायण जोशी,आर्यन टमटा,लोकेन्द्र चन्द,बसन्त सिह कार्की,आर्यन बेचे,आयुश चन्द,अर्जुन बि. क.,राजु रिजाल,सचिन भट्ट,राज बि. क.,सुनिल चन्द,नरेन भट्टकैलाश ऐर,बिरेन्द्र बम,हिक्मत महरा,बिशाल ऐर र आशिष तिरुवा रहेका छन्।
छनाेट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाइएकाे र बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शनका आधारमा अन्तिम टाेली घाेषणा गरिने प्रादेशिक क्रिकेट संघका काेषाध्यक्ष दिनेश सिंहले बताउनुभयो ।
बन्द प्रशिक्षण चैत १ गतेदेखि सञ्चालन हुनेछ।
प्रदेशबाट छनाेट भएकाे टाेलीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नेछ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट चैत ७ देखि हुँदैछ ।

