विश्वकपमा नेपालकाे १२ वर्षपछि जित: दीपेन्द्रकाे नाममा कीर्तिमान

काठमाडौं: भारतमा जारी आइसिसी टी-२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्न सफल भएको छ। मंगलबार मुम्बईस्थित वानखेडे रंगशालामा स्कटल्यान्डमाथि समूह ‘सी’ को अन्तिम खेलमा ७ विकेटले पराजित गर्दै नेपालले १२ वर्षपछि विश्वकपमा सफलता हासिल गरेको हो। 

यसअघि समूहमा इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित हुँदा नेपाल सुपर-८ मा पुग्न असफल भएको थियो। तर स्कटल्यान्डविरूद्धको जितले नेपालको विश्वकपमा सुखद अन्त्य भएको छ। 

स्कटल्यान्ड दिएको १७१ रनको लक्ष्य पूरा गर्ने क्रममा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५० रन जोडे। उनी नेपालका लागि विश्वकपमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बने। यस्तै उनी लगातार दुई अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने। यसअघि उनले वेस्ट इन्डिजविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए। 

उनी विश्वकपमा नेपालका लागि धेरै छक्का प्रहार गर्ने खेलाडी समेत भए। आजै कुशल भुर्तेलले विश्वकपमा आफ्नो छक्काको संख्या ६ पुर्‍याए पनि ऐरीले भने आफ्नो छक्का सात पुर्‍याएका छन्। 

विश्वकपमा नेपालले हात पारेको तेस्रो जित हो। यसअघि सन् २०१४ मा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो। सन् २०२४ मा भने नेपाल जितविहीन बनेको थियो। आजको जितले नेपालको १२ वर्षको जितको प्रतिक्षा अन्त्य भएको छ। 

आज स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य पूरा गर्दा नेपालले पहिलो विकेटको साझेदारी ७२ रन रह्यो। भुर्तेल र आसिफको साझेदारी विश्वकपमा नेपालको सबैभन्दा ठूलो हो। उनीहरुले स्कटल्यान्डसँग पहिलो विकेटका लागि ९.१ ओभरमा ७२ रनको साझेदारी गरे। यससँग उनीबीच नै इंग्ल्यान्डविरूद्ध ३७ रनको साझेदारी थियो। 

त्यसअघि सोमपाल कामीले ३ विकेट लिँदै नेपालका लागि विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडी बने। उनले आफ्नो विश्वकपमा आफ्नो विकेट संख्या १० पुर्‍याएका छन्। दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरीले विश्वकपमा ८ विकेट लिएका छन्। 
यता नेपालका लागि एकै इनिङग्समा विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान भुर्तेलको नाममा रह्यो। उनले आज ४ छक्का प्रहार गरे। यसअघि एकै इनिङ्ग्समा सर्वाधिक छक्काको कीर्तिमान ऐरीको नाममा थियो। उनले वेस्ट इन्डिजविरूद्ध ३ छक्का प्रहार गरेका थिए। 

स्कटल्यान्ड दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। 

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५० रन जोडे भने गुल्सन झाले नटआउट २४ रन जोडे। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने गुल्सन ले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे। 

यससँगै दीपेन्द्र नेपालका लागि विश्वकपमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी र लगातार अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले वेस्ट इन्डिजविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए। 

 नेपालले सन् २०१४ मा अफगानिस्तानलाई पराजित गरेपछि विश्वकपमा पहिलो जित निकाल्न सफल भयो।

यसअघि जारी विश्वकपको समूहका तीन खेलमा पराजित हुँदा बाहिरिएको नेपालले अन्तिम खेलमा सान्त्वना जित निकालेको हो। 

लक्ष्य पछ्याउँदा खेलमा नेपालले राम्रो सुरूवात गर्‍यो। नेपालले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले दशौं ओभरको पहिलो बलमा आउट हुनुअघि उनले ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन जोड्न सफल भए। उनी नेपालका लागि विश्कवपमा एकै इनिङग्समा सर्वाधिक चार छक्का प्रहार गर्न सफल भए। यो साझेदारी नेपालको विश्वकपमा पहिलो विकेटका लागि उच्च साझेदारी हो। 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!