बैतडी: गैंडाकोट मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिम प्रदेशको टाेलीकाे घाेषणा गरिएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार किरनकुमार ठगुन्नाकाे कप्तानीमा १४ सदस्यीय टाेली घाेषणा गरिएको हाे।
टाेलीका अन्य सदस्यहरूमा गजेन्द्र बोहरा, किरन धामी,रोशन साउद,आयुश द्वारिया, लोकेन्द्र चन्द,मिलन बाेहरा,आशिष तिरुवा,सौर्य श्रेष्ठ , सुशिल रावल,टेक रावत, कैलाश ऐर,लाेकेन्द्र ऐर,दिपक टमटा रहेका छन्।
प्रदेशका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई टिममा समावेश गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाेटकर्ता दीपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
छनाेट भएकामध्ये किरन धामी,राेशन साउद,आयुस द्वारीया,सुशील रावल , आशिष लुहार पहिलाेपटक प्रदेशको सिनियर टाेलीमा परेका हुन्।
सुदूरपश्चिम पहिलाे खेल फागुन ३ गते काेशी प्रदेशसँग रहेकाे छ।
गैंडाकोट नगरपालिका, नवलपरासी को प्रबर्धन, नव जागरण ग्रामीण विकास केन्द्रको आयोजना तथा नवलपुर जिल्ला क्रिकेट संघको सह-आयोजनामा “पाँचौं गैंडाकोट मेयर कप राष्ट्रिय T20 क्रिकेट प्रतियोगितामा सबै प्रदेशका टाेलीकाे सहभागीता रहनेछ ।
नव जागरण क्रिकेट रंगशाला, गैंडाकोट नगरपालिका, ९ थुम्सी, नवलपुरमा हुने प्रतियोगिता नकआउट हुनेछ।
प्रतियोगिताकाे विजेताले ३ लाख,उपविजेताले २ लाख पुरस्कार पाउनेछ ।
यस्तै म्यान अफ द सिरिजलाई २५ हजार,उत्कृष्ट व्याट्सम्यान/बलर/फिल्डर/किपरले जनही १५ हजार,
बेस्ट क्याच अफ द टुर्नामेन्टले १० हजार र प्रत्येक खेलका म्यान अफ द म्याचले पाँच हजार पुरस्कार पाउनेछ ।
यसैबीच टाेलीकाे एक कार्यक्रमकाबीच बिदाई गरिएको छ।
बिदाई कार्यक्रममा सुदुरपश्चिम प्रदेश क्रिकेट संघका कोषाध्यक्ष दिनेशबहादुर सिंह, संघका निवर्तमान अध्यक्ष तथा सदस्य हरि रेग्मी,सदस्य रमेशबहादुर चन्द,कैलाली जिल्ला क्रिकेट संघका सचिव देवनारायण झा,डोटी जिल्ला क्रिकेट संघका सदस्य रुपेन्द्र धामी,प्रदेशका राष्ट्रिय अनलाइन स्कोरर लोकराज जोशीलगायतको उपस्थिति रहेकाे थियाे।
