विश्वविजेता इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित

काठमाडौँ:मुम्बई सम्पन्न   आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

जितका लागि इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । कप्तान रोहित पौडेलले ३९ रन बनाए । ओपनर कुशल भुर्तेलले २९ रनको उत्कृष्ट पारि खेले भने अर्का ओपनर आशिफ शेखले ७ रन मात्रै बनाउन सके ।

मध्यक्रमका ब्याटर आरिफ शेखले १० रनको योगदान दिए । लोकेश बमले ३९ रन बनाए भने गुल्सन झाले १ रन मात्रै बनाउन सके । करण केसीले १ रन थपे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।

नेपालले यसअघि सन् २०१४ बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको विश्वकपमा सहभागिता जनाएको थियो ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!