बैतडी: बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा ठुलाे जनधनको क्षति भएपछि पुर्चाैडी नगरपालिकाले आज शाेक बिदा दिएकाे छ।
पुर्चौडी नगरपालिका -७ भवनेबाट बझाङतर्फ बिहे लगेर फर्किरहेकाे पवनदुत यातायातकाे सुप प्र ०२ ००१ ख १११९ नम्बरको जन्ती बाेकेकाे बस जिल्लाकाे पुर्चौडी -७ बडगाउँ मोडमा बिहीबार बेलुका ८ बजेतिर दुर्घटना हुँदा १३ जनाकाे मृत्यु र ३४ जना घाइते भएका छन्।
उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्यलाभ साथै शाेकाकुल परिवारजनमा धैर्यधारणाको क्षमताकाे कामना समेत नगरपालिकाले गरेकाे छ।
आज शाेक बिदा रहने र अत्यावश्यकबाहेकका नगरका सबै कार्यालयमा बन्द रहने पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपालीले जानकारी दिनुभयाे।

