बैतडीमा जन्ती बाेकेकाे बस दुर्घटना: १६ जना घाइते

बैतडी: बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
पवनदुत यातायातकाे सुप प्र ०२ ००१ ख १११९ नम्बरको जन्ती बाेकेकाे बस जिल्लाकाे पुर्चौडी नगरपालिका-७ बडगाउँ मोडमा आज बेलुका ८ बजेतिर दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा परेर १६ जना घाइते भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे,” दुर्घटनामा १६ जना घाइते भएकाे खबर आएकाे छ। घाइते सबैलाई उद्धार गरेर उपचारकाे लागि स्थानीय स्वास्थ्य चाैकीमा लगिएको छ।”

घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको जनाएको छ।
घाइतेहरूकाे परिचय खुल्न बाँकी छ।

पुर्चौडी-७ भवनेबाट बझाङको वित्थडचिर गाउँपालिकातर्फ बिहे लगेर फर्किरहेकाे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बस सडकबाट करिब १५० मिटर तल खसेकाे छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!