अस्वस्थ जीवनशैलीले कर्णालीका बालबालिका नसर्ने रोगबाट प्रभावित

कर्णाली: कर्णाली प्रदेशमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुँदै गएका छन् । कर्णाली प्रदेश अस्पाताल सुर्खेतको तथ्याङ्कअनुसार २० वर्षमुनिका नसर्ने रोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेका हुन् ।
बीस वर्षमुनिका ९५० जना बालबालिका मानसिक रोगसँग सम्बन्धित उपचाररत रहेका अस्पतालका सर्जन डा सुवास शर्माले जानकारी दिनुभयो ।
“तीमध्ये साइकोसिस, अटिजमलगायत समस्या भएका व्यक्ति बढी देखिएका छन् । कम उमेरमा मानसिक स्वास्थ्य समस्या बढ्नु चिन्ताजनक विषय हो”, उहाँले भन्नुभयो ।
डा शर्माका अनुसार मुटुसम्बन्धी रोगका २७, मधुमेहका १०, अटिजम स्पेक्ट्रम डिसअर्डरका १०, दमका पाँच र क्यान्सरका एक जना बालबालिका उपचाररत छन् । अस्वस्थ जीवनशैली, पत्रुखानाको बढ्दो प्रयोग, शारीरिक गतिविधिको कमी, मानसिक तनाव र डिजिटल उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा नसर्ने रोगको जोखिम बढेको उहाँले बताउनुभयो ।
समयमा स्वास्थ्य परीक्षण, सन्तुलित आहार, नियमित व्यायाम तथा मानसिक स्वास्थ्यप्रति परिवार र विद्यालयको सहकार्य आवश्यक रहेको डा शर्माले उल्लेख गर्नुभयो । सन्तुलित जीवनशैली र खानपान समस्या समाधानको उपयुक्त विकल्प भएको उहाँको भनाइ छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!