प्रधानमन्त्री कप क्रिकेटको सुदूरपश्चिम छनाेट माघ १२ देखि,खेलतालिका सार्वजनिक

बैतडी:प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाेट माघ १२ गतेदेखि हुने भएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रदेशका ८ जिल्लाका टाेलीकाे सहभागीता रहनेछ।
प्रतियोगिताकाे खेलतालिका पनि सार्वजनिक गरिएको छ।
सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने ८ टाेलीलाई २ समूहमा विभाजन गरिएको प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो ।
समूह ए मा कैलाली,कञ्चनपुर,डाेटी र अछाम रहेका छन्।
समूह बी मा बैतडी,डडेल्धुरा,दार्चुला र बझाङ रहेका छन्।
प्रतियोगिताकाे उद्घाटन खेलमा माघ १२ गते कैलाली र अछाम भिड्नेछन् ।
माघ १३ गते कञ्चनपुर र अछाम , माघ १४ गते कैलाली र डाेटी,माघ १५ गते अछाम र डाेटी,माघ १६ गते कैलाली र कञ्चनपुर, माघ १७ गते कञ्चनपुर र डाेटी प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै माघ १८ गते बैतडी र दार्चुला, माघ १९ गते बझाङ र दार्चुला , माघ २० गते डडेल्धुरा र बझाङ, माघ २१ गते डडेल्धुरा र दार्चुला,माघ २२ गते बैतडी र बझाङ र माघ २३ गते डडेल्धुरा र बैतडी आमनेसामने हुनेछन् ।
दुबै समूहबाट शिर्ष पुग्ने १/१ टाेली माघ २४ गते फाइनल खेल्नेछन् ।
प्रदेश छनाेटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमकाे टाेली बनाइनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!