बैतडी: दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ एकजनाको मृत्यु भएको छ ।
धनगढीबाट बैतडीतर्फ आउदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर जिल्लाको बिहिवार बिहान साढे ९ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्याक्टर चालक दार्चुलाको महाकाली नगरपालिका ५ गल्फैका २१ करन बुढामगर रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो।
घाइते हुनेहरुमा कैलालीको टिकापुर नगरपालिका ७ का १८ वर्षीय सिद्धार्थ घर्तीमगर र ४० वर्षीय सुरज घरर्तीमगर र एकजनाको पहिचान हुन खुल्न सकेको छैन् । घाइतेमध्ये सुरजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको र दुर्घटना कारण खुल्न सकेको छैन् ।
