बैतडी । नवलपरासीको गैँडाकोट नगरपालिका–१४ भेटलटाँडिका सुर्यभक्त आचार्यको बिमादावि रकम हस्तान्तरण गरिएको छ। जनउत्थान सामुदायिक लघुवित्त बित्तीय संस्था शाखा कार्यालय रजहर नवलपरासीले बिमादावि रकम हस्तातरण गरेको हो।
जनउत्थान सामुदायिकको रजहर शाखा अन्तर्गत केन्द्र नं.०८५ कि सदस्य बिमला आचार्यलाई श्रीमानको बिमादावि रकम २ लाँख १० हजार रुपैयाको चेक हस्तान्तरण गरिएको शाखा सञ्चालन अधिकृत काशिराम कोईरालाले बताउनुभयो। बुधबार आचार्यको घरमै पुगेर बिमादावि रकम हस्तान्तरण गरिएको जनाईएको छ।
जनउत्थान सामुदायिकको ईलाका सञ्चालन अधिकृत बिशेश्वर शर्माको प्रमुख आतिथ्यमा बिमादावि रकम हस्तातरण गरेको थियो। हस्तातरण कार्यक्रममा केन्द्रका सदस्य पनि सहभागि भएका थिए।
मृतक आचार्यकी श्रीमतीले जनउत्थान सामुदायिकको रजहर शाखा अन्तर्गत ०८५ केन्द्रमार्फत बचत तथा कर्जा कारोबार गर्दै आउनुभएको थियो। जनउत्थान सामुदायिक लघुबित्तले संस्थाका सदस्यहरूको हितका लागि आवश्यक सेवाहरू उपलब्ध गराइरहेको शाखा सञ्चालन अधिकृत कोईरालाले बताउनुभयो। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा आवद्ध सदस्यका परिबारमा दुःख पर्दा मलमट्टी लगाउने काम गरिरहने बताईएको छ।
