काठमाडौं: साविक उपविजेता सुदूरपश्चिम राेयल्स लगातार चाैथाे जितसहित राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटकाे प्लेअफ नजिक पुगेको छ।
चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि ७ विकेटको जित निकाल्याे।
जितका लागि पाएकाे १४४ रनकाे लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्याे ।
जसमा ओपनर ब्याटर विनाेद भण्डारीले अर्धशतकीय पारी खेल्दै अविजित ६९ र आरिफ शेखले ३७ रन जाेडे। ३९ रन जाेड्दा २ विकेट गुमाएको अवस्थाबाट सुदूरपश्चिमका विनाेद र शेखले ९९ रनकाे साझेदारी गर्दै जित दिलाए । विनाेद प्लेयर अफ द म्याच समेत चुनिए ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा १४३ रनमा अलआउट भयाे।
जसमा कप्तान राेहित पाैडेलले सर्वाधिक ३५ र दिलिप नाथले ३१ रनकाे याेगदान गरे।
बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बाेहराले ३,हर्मित सिंहले ३, हेमन्त धामीले २ विकेट झारे।
दिपेन्द्रसिंह ऐरीकाे कप्तानीमा रहेकाे सुदूरपश्चिम लगातार चाैथाे जित निकालेर ८ अंकका साथ शिर्ष स्थानमा छ।
राेहित कुमार पाैडेलकाे कप्तानीमा रहेको लुम्बिनीले भने
चारमध्ये १ खेल मात्रै जितेकाे छ। दुई अंक जाेडेकाे लुम्बिनी छैटौं स्थानमा छ।
लुम्बिनीले प्लेअफमा पुग्न बाँकी रहेका ३ खेल जित्नैपर्ने दबाब पनि बढेको छ।

