एनपीएल हेर्ने दर्शकलाई निःशुल्क बस

काठमाडौं: नेपाल प्रिमियर लिग एनपीएल हेर्न गएका दर्शकको सुविधाका लागि काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरिने भएको छ। नेपाल क्रिकेट संघ क्यान र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा क्रिकेट खेल हेरेर घर फर्किने दर्शकको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एनपीएलका खेल हेर्न गएका महिला, वृद्ध र अशक्तका लागि साँझ ६ बजेदेखि राति ८ बजेसम्म बस सञ्चालन गर्न लागिएको हो। निशुल्क बस सञ्चालनका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको क्यानले जनाएको छ।

बस सञ्चालनका लागि चार वटा रुट निर्धारण गरिएको छ। सबै रुटमा त्रिवि गेटबाट बस छुट्ने छ। पहिलो रुटको बस त्रिवि गेट–स्वयम्भू र बालाजु जानेछ। यस्तै दोस्रो रूट त्रिवि गेट–स्वयम्भू–बालाजु हुँदै महाराजगञ्ज पुग्नेछ। यसैगरी तेस्रो रूट त्रिवि गेट–बल्खु–कालिमाटी–थापाथली–बानेश्वर–तीनकुने–गौशाला हुँदै चाबहिलसम्म पुग्नेछ। यस्तै चौथो रूट त्रिवि गेट–बल्खु– सानेपा– एकान्तकुना–सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्नेछ।

एनपीएलको दोस्रो संस्करण मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्स
छन्। हरेक टोलीले सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!