बैतडीमा टी-१० भेट्रान क्रिकेट: मनाेजकाे शतकमा भेट्रान स्टार फाइनलमा

बैतडी: बैतडीमा जारी टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिताकाे पहिलाे सेमिफाइनल खेल सम्पन्न भएकाे छ।
पहिलाे सेमिफाइनल खेलमा आयाेजक टिम निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीलाई १९ रनले हराउदै जगन्नाथ अभाेलिङ भेट्रान स्टार फाइनलमा प्रवेश गरेकाे छ।

भेट्रान स्टारले दिएकाे १६१ रनकाे लक्ष्य पछ्याएकाे आयाेजकले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्याे। उसका दीपक बाेहराले ५६ रनकाे याेगदान गरेपनि टाेलिलाई जिताउन सकेनन् ।
स्टारका कृष्ण पाण्डेले ३,समीर चन्द र जितेन्द्र रावलले २/२ विकेट हात पारे।
यसअघि निङलाशैनी खेल मैदान,देहिमाडाैंमा पहिला ब्याटिङ गरेकाे स्टारले १० ओभरमा ४ विकेटको क्षतिमा १६० रन बनायाे । जसमा मनाेज जाेशीले शतकीय पारी खेले । म्यान अफ द म्याच समेत भएका मनाेजले ३० बलमा १०५ रनमा रिटायर्ट हर्ट भए।
आयाेजकका यज्ञराज भट्टले २ विकेट हात पारे।

निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयाेजनामा सुरू भएको प्रतियोगितामा ११ टाेलीकाे सहभागीता रहकाे र ४ समूहमा विभाजन गरि खेल सञ्चालन भइरहेका आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बाेहराले बताउनुभयो ।

प्रतियोगिताकाे विजेता र उपविजेता टाेलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव राेशन बाेहराले बताउनुभयाे।

यस्तै म्यान अफ द सिरिजलाई २.५ कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५ कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ। यसका साथै म्यान अफ दी म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चाैका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
सहभागी टाेलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन्।
२५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियाेगिताका सहसंरक्षक चक्र बाेहराले बताउनुभयो ।

प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीकाे विश्वास रहेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!