चालक हत्या प्रकरणः शिक्षिकासहित चार जनालाई जन्मकैद

बैतडी: बैतडीको पाटन नगरपालिका–६ का चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

हत्यामा संलग्न मृतक बिरभानकी बुहारी नाता पर्ने शिक्षिका समेत रहेकी भागरथी बिष्ट, पाटन–६ कै ३८ बर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ बर्षीय राजेन्द्र भट्टराई र पाटन–६का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो भने अर्का १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको हो ।

जिल्ला न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले उक्त सजायको फैसला गरेको जिल्ला अदालत बैतडीका श्रेस्तेदार विष्णुराज पन्तले जानकारी दिनुभयो ।

गाउँकै बुहारी नाता भागरथीको घरमा २०८१ असार १ गते हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलमा शव फालिएको थियो । असार ३ गते बिरभानको शव सो स्थानमा फेला परेको थियो ।

२०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!