दाेगडाकेदारमा नेपाल-भारत काव्य गाेष्ठी,प्रदीप ज्ञवालीले उद्घाटन गर्ने

बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिकामा साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गाेष्ठी हुदैछ। राष्ट्रिय संरक्षण अभियानको आयाेजना र दाेगडाकेदार गाउँपालिकाकाे प्रवर्द्धनमा यहि वैशाख १८ र १९ गते खाेचलेकमा सम्मेलन तथा गाेष्ठी आयाेजना गरिएको हाे।
सम्मेलनमा नेपाल-भारतका साहित्यकार र कविहरूकाे सहभागिता रहने राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबावु लेखकले जानकारी दिनुभयाे। सम्मेलनकाे तयारी तिव्र पारिएको छ। स्थानीय लोक संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयाेजित सम्मेलनकाे उद्घाटन समाराेहमा स्थानीय छलिया नृत्य, सगुन र फागहरूलगायत स्थानीय कला संस्कृतिकाे पनि प्रस्तुति रहनेछ।
सम्मेलनमा नेपाल र भारतका १०० बढी लेखक,साहित्यकार र कविहरूकाे सहभागीता रहने जनाएको छ।
सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । कवि गोष्ठी, विद्वानहरूकाे कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा स्थानीय पर्यटकीय स्थलको भ्रमण गराइनेछ ।
सम्मेलनकाे उद्घाटन नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गर्ने दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयाे।
नेपाल र भारत सांस्कृतिक र साहित्यक हिसाबले पनि नजिक रहेका मुलुक भएकाले दुवै देशका साहित्यकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरिन लागेको हो । मानसखण्ड संस्कृति दुवै देशको साझा संस्कृति भएकाले सम्मेलनमा भारतीय पक्षको समेत सहभागिता गराइने आयोजकले जनाएको छ । यसले दुवै देशको सम्बन्धमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ ।

 

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!