बिडिसिए कप क्रिकेटको दनपा प्रमुख जोशीद्वारा उद्घाटन,एनआरवासी र त्रिपुरा भिड्दै

बैतडी:प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करण आजदेखि सुरु भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा सुरु भएको प्रतियोगिताको एक समारोहकाबीच उद्घाटन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले गर्नुभयो ।

समारोहमा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल,विभिन्न सुरक्षा निकायका प्रमुख,दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा, बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशी,गायतको उपस्थिती रहेको बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लोकराज जोशीले जानकारी दिनुभयो ।

उद्घाटन समारोहपश्चात अहिले एनआरवासी र त्रिपुरा क्रिकेट क्लब खेलिरहेका छन् ।

१२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछ ।

यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा मिडिया पार्टनरका रुपमा कुशल खबर रहेको छ ।

खेलाडी उत्पादन र क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।

गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!