बिडिसिए कप क्रिकेटको तयारी पूरा, भोलि उद्घाटन

बैतडी: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनौट तथा बिडिसिए कपको २२ औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा यो प्रतियोगिता भोलि शुक्रबारदेखि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा हुँदैछ ।

प्रतियोगिताको सबै तयारी पूरा भएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

प्रतियोगितामा १२ टोली सहभागी हुनेछन्

भोलि बिहान उद्घाटन समारोह हुने त्यसपछि खेल सुरु हुने जनाएको छ ।

पहिलो तथा उद्घाटन खेलमा एनआरवासी र त्रिपुरा भिड्नेछन् ।

मंसिर ५ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

यस्तै म्यान अफ द सिरिजलाई १० हजार,बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

गत वर्ष सम्पन्न २१ औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब(एनआरवाइसी)ले जितेको थियो ।

प्रतियोगिताले खेलाडी उत्पादन र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!