दशरथचन्दका उपमेयरद्वारा मेयरलाई दश बुँदे ध्यानाकर्षण पत्र

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला कुमारी चन्दले नगरप्रमुख पुस्करराज जोशी लख्खाभाईलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाउनुभएको छ ।

ध्यानाकर्षण पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा (१७) १ बमोजिम नगर कार्यपालिका बैठक कम्तिमा महिनाको एक पटक बस्नु पर्ने व्यवस्था रहेकोमा यस नगरपालिकामा मिति २०८२ असार २७ गते पछि निरन्तर रुपमा बस्नुपर्ने कार्यपालिका बैठक नबसेकोले हामी माथि पारदर्शीता, जवाफदेहीताको प्रश्न खडा भएको जनाएको छ ।

नगरकार्यपालिकाको नियमित बैठक नबसेको कारण गत आ.व. २०८१/०८२ को सार्वजनिक सुनुवाई लगायत यस आ.व.का निति, योजना, कार्यक्रम र बजेट सम्बन्धमा महत्वपुर्ण निर्णयहरु हुन नसकी कार्यर्यान्वयन पक्ष प्रभावित भईरहेको उल्लेख गरिएको छ । जसको प्रत्यक्ष असर नगरको सेवा प्रवाह, नागरिकको सुचनाको हक र सुशासनमा परेको उपप्रमुख चन्दले बताउनुभयो ।
हाल देशको विषम परिस्थीती, वर्षा र विपद लाई मध्यनजर गरि कार्यपालिका बैठक बस्नु पर्ने अवस्थामा आजका मिति सम्म कार्यपालिका बैठक नबस्नु, नगरले विगतका वर्षहरुमा गरेका काम कारवाही र सुचनाको विवरण पटक पटक माग गर्दा सुचनाको हक वाट जनताहरु लाई बन्चीत गरीनु, नगर भित्र गत आ.व.मा सम्पन्न भएका योजनाको विवरण पारदर्शी नहुनु, मासिक खर्च विवरण सार्वजनिक नहुनु, शाखागत कार्यक्रमहरुको समिक्षा नहुनु, कार्यपालिकामा भएका सम्पुर्ण कामकारवाहीको बारेमा कार्यपालिकामा स्पष्ट छलफल नहुनु, बैठक बस्दा समयको पालना नहुनु, बैठकमा एजेण्डा नराखी छलफलमा नआएका निर्णयहरु गरिनु, बैठक बसेको वेला निर्णय पुस्तीकामा निर्णयहरु उल्लेख नभई पछि गएर मनोमानी ढङ्गले निर्णयहरु लेखिनु, वार्षिक योजना तयहुंदा शाखा संग र विषयगत समिति संग छलफल नगरि वार्षिक योजना बनाईनु, पूंजीगत बजेट लाई चालु प्रकृतिको बजेट बनाईनु, नगरबस संचालन भएको मैनौ बिति सक्दा बस बाट आउने राजश्वको यथार्थ विवरण सार्वजनिक नहुनु जस्ता कार्यहरुले कार्यपालिका प्रति को विश्वास र मर्यादामा प्रश्नचिन्ह खडा भएको जनाएको छ ।

उल्लेखित प्रस्तावहरुमाथि गम्भीर छलफल हुने गरि यथासिघ्र कार्यपालिकाको बैठक आह्वान ध्यानाकर्षण पत्र पेश गरेको उल्लेख छ । ध्यानाकर्षण पत्रबारे तत्काल सुनुवाई नभए थप कार्यक्रम अगाडी बढाउने उपप्रमुख चन्दले जानकारी दिनुभयो ।

यस्ता छन् १० बुँदे मागहरु

१. गत आ.व.२०८१/०८२ को सार्वजनिक सुनुवाई सम्बन्धमा ।
२. कार्यालयको मासिक खर्च विवरण सार्वजनिक गर्ने सम्बन्धमा ।
३. आ.व. २०७९/०८० देखी हाल सम्म को शाखागत खर्च विवरण सम्बन्धमा ।
४. आ.व.२०७९/०८० देखी हाल सम्मको लेखापरिक्षणको प्रतिवेदन माथि छलफल सम्बन्धमा ।
५. आ.व. २०७९/०८० देखी हाल सम्म भएका सामान खरिदका विलहरुमाथी छलफल सम्बन्धमा ।
७. लेखा समिति गठन सम्बन्धमा ।
८. विपद व्यवस्थापन तथा सडक सरसफाई सम्बन्धमा ।
९ जनताले समाजिक संजालबाट लिखितरुपले माग गरेका सुचना सम्बन्धमा ।
१० कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण सम्बन्धमा ।

ध्यानाकर्षण पत्रको बोधार्थ प्रमुख प्रशासकिय अधिकृत, लेखा शाखा र योजना शाखा पठाइएको छ ।

यस विषयमा नगरप्रमुख जोशीलाई बुझ्न खोज्दा फोन रिसिभ हुन सकेन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!