पन्ज्युनयाँ  क्रिकेट लिग: उपाधि लेकमलाई,बस्काेट ३ विकेटले हार्याे

बैतडी: बैतडीको दाेगडाकेदारमा सम्पन्न पन्ज्युनयाँ  क्रिकेट लिग–४ काे उपाधि देवभूमी लेकम क्रिकेट टिमले हात पारेको छ।
आज सम्पन्न फाइनल खेलमा चाैलानी सभ्य समाज बस्काेटलाई ३ विकेटले पराजित गरेकाे हाे ।
जितका लागि पाएको १३९ रनकाे लक्ष्य लेकमले १९.१ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्याे ।
जसमा म्यान अफ द फाइनल समेत भएका विष्णु विष्टले ६० रनकाे याेगदान गरे।
बस्काेटका दिनेश विष्ट र जतिन थापाले २/२ विकेट लिए।।
यसअघि पहिला ब्याटिङ गरेकाे बस्काेट १९.३ ओभरमा १३८ रनमा अलआउट भयाे।
उसका दीपक चन्दले ३४ र दिनेश विष्टले ३० रन बनाए।
लेकमका साजन बिटालुले ४ विकेट झारे।
यसैबीच बस्काेटका दिनेश विष्ट प्लेयर अफ द सिरिज भए।
बस्काेटकै जतिन थापम बेस्ट ब्याटर र आयाेजकका कप्तान अशाेक कार्की बेस्ट बलर भए।
विजेता टाेलीले रु दुई लाख २२ हजार र उपविजेताले ६६ हजार पाएका आयाेजक क्लबका जगदीशसिंह कार्कीले बताउनुभयाे । यस्तै सेमिफाइनलबाट बाहिरिने टोली आयाेजक र डिलाशैनीले १०/१० हजार पुरस्कार पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी दिनेशले ११ हजार १११, सर्वोत्कृष्ट बलर अशाेक र ब्याटर जतिनलाई सात हजार सात सय ७७ पुरस्कार दिइयो ।

गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो। 

प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!