पन्ज्युनयाँ  क्रिकेट लिग: देवभूमी लेकम अन्तिम चारमा सुरक्षित

बैतडी: बैतडीको दाेगडाकेदारमा जारी पन्ज्युनयाँ  क्रिकेट लिग–४ अन्तरगत देवभूमी लेकम क्रिकेट टिम अन्तिम चारमा सुरक्षित भएको छ।

आज सम्पन्न क्वाटरफाइनल खेलमा न्वाली टिमलाई ४० रनले पराजित गरेर देवभूमी सेमिफाइनलमा सुरक्षित भएको हाे।

देवभूमीले दिएकाे १७३ रनको लक्ष्य पछ्याएकाे न्वालीले १३२ रन मात्रै बनाउन सक्याे ।
न्वालीका कुनै पनि ब्याटरले सन्ताेषजनक प्रदर्शन गर्न सकेनन् ।

देवभूमीका नितेश विष्टले २ विकेट हात पारे।

यसअघि पन्ज्यनयाँ क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे देवभूमीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन हिर्कायाे।

प्लेयर अफ द म्याच समेत भएका नितेश विष्टले अर्धशतकीय पारी खेल्दै ६८ रनकाे याेगदान गरे।

१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे ।

यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।

गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो। 

प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!