पन्ज्युनयाँ  क्रिकेट लिग: क्वाटरफाइनल समीकरण पूरा

बैतडी:बैतडीको दाेगडाकेदारमा जारी पन्ज्युनयाँ  क्रिकेट लिग–४ अन्तरगत क्वाटरफाइनल समीकरण पूरा भएको छ।
आज सम्पन्न लिग चरणकाे खेलमा देवभूमी लेकम क्रिकेट टिम क्वाटरफाइनल पुग्ने अन्तिम टाेली बन्याे ।
देवभूमीले अपीहिमाल गाउँपालिकामाथि ८ विकेटको जित दर्ता गर्याे।
जितका लागि पाएकाे १०७ रनकाे लक्ष्य ९ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे ।
जसमा प्लेयर अफ द म्याच समेत भएका साजन बिटालुले ४९ रनकाे याेगदान गरे । यस्तै नरेन्द्र साउँदले अविजित ३५ रन हिर्काए।
अपीका निखिल धामीले २ विकेट लिए।
यसअघि पन्ज्यनयाँ क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेकाे अपीले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनायाे।
उसका मुकेश धामीले ४६,नरेश बाेहराले ३० रन जाेडे।
देवभूमीका गणेश साउँदले ३ विकेट लिए।
यसैबीच क्वाटरफाइनल पुग्ने सबै टाेलीकाे छिनोफानो भएकाे छ।
समूह ए बाट आयाेजक सुशितम युवा क्लब,टिम डिलाशैनी क्वाटरफाइनलमा सुरक्षित भएका छन्। याे समूहमा रहेकाे सेटिगाउँकाे टाेली लिग चरणबाट बाहिरिएको छ।
समूह बी बाट देवभूमी लेकम क्रिकेट टिम र मालिकार्जुन पस्ती अन्तिम आठमा सुरक्षित पुगेका छन्।
याे टिममा रहेकाे अपीहिमाल गाउँपालिका बाहिर भयाे।

समूह सी बाट टिम डाेमिनेटर र लेकम युथ क्लब अन्तिम आठमा पुगेका हुन्। उक्त समूहमा रहेका चम्तडी स्टार र नाैगाड वारियर्य अघिल्लो चरणमा पुग्न सकेनन् ।

समूह डी बाट चाैलानी सभ्य समाज बस्काेट र न्वालीकाे टिम क्वाटरफाइनलमा पुगेकाे छ। याे समूहमा रहेकाे पिपलचाैतारी क्लालिटी टिम भने आउट भएको आयाेजक सुशितम युवा क्लबका सदस्य अशाेक कार्कीले जानकारी दिनुभयो ।

यसैबीच क्वाटरफाइनल खेलहरू भाेलिदेखि हुनेछन् ।
पहिलाे क्वाटरफाइनलमा आयाेजक र लेकम युथ भिड्दा दाेस्राेमा देवभूमी र न्वाली प्रतिस्पर्धा गर्नेछन् ।

पर्सी हुने पहिलाे क्वाटरफाइनलमा डाेमिनेटर र डिलाशैनी खेल्दा अर्कोमा बस्काेट र मालिकार्जुन पस्ती आमनेसामने हुनेछन् ।

१३ टाेलीकाे सहभागीता रहेकाे प्रतियोगिताकाे विजेता टाेलीले रु दुई लाख २२ हजार , उपविजेताले ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताउनुभयाे । यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०/१० हजार पुरस्कार दिइनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ।

गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले ,दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो। 

प्रतियोगिताले क्रिकेटको विकासमा सहयाेग पुग्ने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!