पाकिस्तानमाथि सनसनी जित निकाल्दै भारत सुपर फाेर नजिक

काठमाडौं: युएईमा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानमाथि सहज जित हासिल गरेको छ ।
भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्याे।

लगातार दोस्रो जितका साथ भारत सुपर ४ नजिक पुगेको छ ।

भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए भने तिलक बर्मा र अभिषेक शर्माले ३१-३१ रन बनाएका थिए ।  त्यसैगरी शुभमन गिल र शिवम दुवेले १०-१० रन बनाएका थिए ।
पाकिस्तानका बलर सैयब आयुबले ३ विकेट लिएका थिए ।

यसअघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्बाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अविजित ३३ रन बनाएका थिए । त्यस्तै फखर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए ।

यता भारतीय बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने जसप्रित बुमराह र अक्सर पटेलले २-२ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक एक विकेट लिएका थिए ।

यो प्रतियोगितामा भारतको लगातार दोस्रो जित हो । त्यस्तै पाकिस्तानले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!