जेनजी आन्दोलन: बैतडीका एक युवकको मृत्यु,शोकमा आइतबार बिदा

राष्ट्रिय सहिद घोषणा र उचित क्षतिपूर्तीको माग

बैतडी: जेन जी पुस्ताको आन्दोलनमा बैतडीको शिवनाथका एक युवकको मृत्यु भएको छ ।

शिवनाथ गाउँपालिका–०२ मडैगाउका १८ वर्षीय दिपक सिह साँउदको मृत्यु भएको हो ।

भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोली लागि घाईते भएका साँउदको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिपकको निधनमा शिवनाथ गाउँपालिकाले भोलि शोक बिदा दिएको छ ।

शोकबिदाको दिन पालिकाअन्र्तगतका सम्पूर्ण कार्यालयहरु बन्द रहने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिह साँउदले बताउनुभयो ।

साथै गाउँपालिकाले सरकारसँग मृतक साँउदलाई राष्ट्रिय सहिद घोषणा र घरपरिवारलाई उचित क्षतिपूर्तीको व्यवस्था गरिदिन माग गरेको छ।

देशको लागि ज्यान गुमाएका साँउदको गाउँ नै शोकमा डुबेको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!