दशरथचन्दमा आइतबार सार्वजनिक बिदा

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले आइतबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ । 

नगरपालिकाको वडा नं २ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाको अवसरमा भदौ २२ गते आइतबार नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ । 

नगर उपप्रमुख कौशिला चन्दद्वारा हस्ताक्षरित सूचनामा आइतबार नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, गैरसरकारी संस्था लगायतमा सार्वजनिक बिदा रहेको उल्लेख गरिएको छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशी मेला शुरु भइसकेको छ । उक्त मेला भाद्र शुक्ल पूर्णिमका दिन समापन हुने गर्दछ । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!