अनमीकाे निधन: पुर्चाैडीमा मंगलबार शाेक बिदा

बैतडी: स्वास्थ्यकर्मीकाे निधनमा बैतडीकाे पुर्चाैडी नगरपालिकाले भाेलि मंगलबार शाेक बिदा दिएकाे छ ।

वडा नं १० काे विजयपुर स्वास्थ्य चाैकीमा कार्यरत २४ वर्षीया अनमी भागरथी विष्ट(कुँवर)काे निधन भएपछि नगरपालिकाले मंगलबार भाेलि शाेेेक बिदा दिएकाे हाे ।

स्वास्थ्यकर्मीकाे निधनमा मंगलबार   नगरपालिकाकाे कार्यालय, नगर  भित्रकका  सम्पूर्ण स्वास्थ्य संस्था, वडा कार्यालय , र सामुदायिक विद्यालयहरुमा शाेक बिदा दिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनाेदकुमार कुँवरले बताउनुभयाे।

नगरपालिकाले  साेमबार शाेक वक्तव्य जारी गर्दै विष्टले स्वास्थ्यक्षेत्रमा गरेकाे याेगदानलाई स्मरण गर्दै मंगलबार बिदा दिइएको जनाएको छ।

अनमी  विष्ट  आफ्नै  कोठामा आइतबार राति ८ बजेतिर   झुण्डिएको अवस्थामा मृत फेला  गर्नुभएको हाे।
पुर्चाैडी १० चाैमाला घर भएकी मृतक विष्टका श्रीमान नेपाली सेनामा कार्यरत रहेका र गत वैशाखमा मात्रै  उनिहरुकाे विवाह भएकाे थियाे ।

अनमी विष्टकाे मृत्युकाे कारण खुलेकाे छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!