ब्याटिङ नचल्दा नेपालकाे ह्याटि्रक हार,मेलवर्नसंग ३१ रनले स्तब्ध

काठमाडौं:अस्ट्रेलियामा जारी टप इन्ड टी– २० सिरिजमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ ।

अघिल्ला दुई खेलमा पराजित भएको नेपाल आज मेलबर्न स्टार्ससँग पनि हार्‍यो । डार्बिनमा मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो ।

नेपालका ओपनर आशिफ शेखले ५३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३३ रन बनाए ।

यसअघि अस्ट्रेलियाको डार्बिनमा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो ।

मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । मेलबर्नका थोमस रोजर्सले ६५ र ब्लेक म्याकडोनाल्डले ७४ रनको अर्धशतकीय पारी खेले ।

नेपालका सन्दीप लामिछानले ३ र सोमपाल कामीले २ विकेट लिए । त्यस्तै शाहब आलमले १ विकेट लिए ।

नेपाल यसअघि एनटी स्ट्राइक्स र बंगलादेश ‘ए’सँग पराजित भएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!