काठमाडौं: अस्ट्रेलियामा जारी टप एण्ड टी २० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आज सम्पन्न खेलमा नेपाल बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको हो ।
जितका लागि पाएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनायो । नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक बनाएपनि जिताउन सकेनन् ।
बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो ।
उसका ओपनर जिशाद आलमले सर्वाधिक ७१ र अफिफ होसेनले अविजित ४८ रन बनाए ।
नेपालका लागि रिजन ढकालले २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
यसअघि हिजो पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
नेपालले अब मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
विश्वकपको तयारीस्वरुप नेपालले यो सिरिज खेलिरहेको हो ।
