यू-१९ सुदूरपश्चिम छनाैट: कैलालीले अछामलाई हरायाे

बैतडी: वाई वाई यू १९  एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा समूह बी काे दाेस्राे खेलमा कैलाली विजयी भएकाे छ।
आज सम्पन्न खेलमा कैलालीले अछामलाई ८ विकेटले हरायाे।
अछामले दिएको १०१ रनकाे लक्ष्य कैलालीले २ विकेट गुमाउँदै पूरा गर्याे । जसमा क्रितिक थापाले अविजित ३५ र सुदीप साउदले २६ रनकाे याेगदान गरे।
अछामका युवराज खत्री र निराजन गाैतमले १/१ विकेट हात पारे।

त्यसअघि परशुराम नगरपालिका १२ स्थित  जाेगबुढा रंग मैदानमा  पहिला ब्याटिङ गरेकाे अछाम २८.२ ओभरमा १०० रनमा अलआउट भयाे ।
उसमा रविन भण्डारीले ४३ रन जाेडेपनि अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

कैलालीका दीपक राेकाया एक्लैले ६ विकेट हात पारे। खेलका म्यान अफ द म्याच समेत चुनिएका दीपकले ८.२ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ६ विकेट हात पारेका हुन्।

प्रतियोगिता अन्तरगत भाेलि कञ्चनपुर र बझाङ भिड्ने स्काेरर लाेकेश जाेशीले जानकारी दिनुभयो ।

समूह बी बाट शिर्ष स्थानमा पुग्ने टाेली फाइनलमा बैतडीसंग भिड्नेछ।

समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेकाे  छ ।
जेठ २० गतेदेखि शुरु  प्रतियोगितामा  क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे । 
सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे।
दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो। 
प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!