अवरुद्ध दशरथचन्द राजमार्ग सुचारु

बैतडी: पहिराले आज बिहानदेखि अवरुद्ध दशरथचन्द राजमार्ग सुचारु भएको छ ।

पाटन नगरपालिका ४ जेउडेमा सडकमाथिबाट खसेपछि आज बिहान ७ः४५ बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

सडक डिभिजन कार्यालयको जेसिभीले पहिरो पन्छाएपछि राजमार्ग सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

राजमार्ग सुचारु भएसंगै बीचबाटोमै रोकिएका सवारी साधन आ आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेला–बेलामा पहिरो खस्ने गरेको छ ।

पहिरोका कारण चमेलिया–अत्तरिया विद्युत प्रशारण लाइनको खम्बा समेत जोखिममा रहेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!