बैतडी: वर्षासंगै आएकाे हावाहुरीले बैतडीको पाटन नगरपालिका-१ मा रहेको सकार स्वास्थ्य चौकीको भवनमा क्षति पुर्याएको छ ।
शुक्रबार दिउँसो तिर आएको हावाहुरी सहितको निरन्तर वर्षाले स्वास्थ्य चौकीको भवनको छानोमा सल्लाको रुख ढलेर छाना भत्किएर पुर्ण रुपमा क्षति भएको स्वास्थ्य चौकी ईन्चार्ज नेरन्द्र राज भट्टराईले जानकारी दिनुभयो ।
छानोमा रुख ढलेर भत्किएर पछी स्वास्थ्य उपकरणहरु सहित औषधी,कागजातमा पानीले क्षति गरेको उनले बताउनुभयो ।
छाना भत्किएपछि लाखौँ रकम बराबरको क्षति हुनुका साथै स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको उहाँले बताउनुभयो ।
यस्तै वर्षासंगैकाे हावाहुरीले जिल्लाका विभिन्न स्थानमा मकैबाली र तरकारीमा समेत क्षति पुर्याएकाे छ।
