कांग्रेस बैतडीका सभापति चन्दले लिए पुराना नेता पार्कीकाे स्वास्थ्य अवस्थाबारे जानकारी

बैतडी: नेपाली कांग्रेस बैतडीका पुराना नेता शेरीराम पार्क बिरामी भएर काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

मेलौली नगरपालिका वडा.न -७ घर भएका नेता पार्की विगत केही दिनदेखि आन्द्रामा समस्या आएपछि नेपाल प्रहरी अस्पताल उपचार गराइरहनुभएकाे हाे ।

पार्कीकाे स्वास्थ्य अवस्थाबारे बुझ्न कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द मंगलबार अस्पतालमै पुग्नुभएकाे छ। 

सभापति चन्दले अस्पतालमै पुगेर नेता पार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको र सिघ्र स्वास्थ्यलाभकाे कामना गर्नुभएकाे नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्र ढुंगालले बताउनुभयाे। 
नेता पार्कीलाई भेट्न सभापति चन्दका साथै प्रदेश क्षेत्रीय सभापति शिवराज भट्ट पनि अस्पताल पुग्नुभएकाे थियाे ।

नेपाल क्रिकेट संघका अध्यक्ष समेत रहनुभएका सभापति चन्द हिजाे राति मात्रै सिंगापुरमा आइसिसीकाे बैठकमा सहभागी भएर काठमाडौं फर्किनुभएकाे थियाे। काठमाडौं फर्केलगत्तै सभापति चन्द पार्कीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएकाे हाे ।

यस्तै नेता पार्कीकाे स्वास्थ्य अवस्था बुझ्न आजै गृहमन्त्री रमेश लेखक, प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री शिवराज भट्ट, राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेय, नेपाली कांग्रेस डिलाशैनीका सभापति जयानन्द जोशी पनि अस्पताल पुग्नुभएकाे थियोे । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!