बैतडीका नौ स्थानीय तहकाे कित्ताकाट रोकियो

बैतडी:बैतडीका नाै स्थानीय तहमा रहेकाे जमीनको कित्ताकाट रोकिएको छ । जिल्लाकाे दोगडाकेदार गाउँपालिका बाहेकका स्थानीय तहमा रहेको जमीनको कित्ताकाट रोकिएको नापी कार्यालय बैतडीका प्रमुख रणसिंह रावलले बताउनुभयाे।

स्थानीय तहहरुले भू–उपयोग क्षेत्र वर्गीकरण नगर्दा साउन १ गतेबाट ९ ओटा पालिकाको कित्ताकाट रोकिएको हाे।

भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजीम स्थानीय तहको भू उपयोग परिषदले भू उपयोग ऐन २०७६ बमोजीम भू उपयोग क्षेत्रको वर्गीकरण गर्नुपर्ने हुन्छ । स्थानीय तहहरुले २०८२ असार मसान्तभित्र भू उपयोग क्षेत्र वर्गीकरण गरिसकेर नापी कार्यालयमा जानकारी गराउनुपर्ने भएपनि ९ ओटा स्थानीय तहले भू–उपयोग क्षेत्र वर्गीकरण नगरेको नापी कार्यालयका प्रमुख रावलले बताउनुभयाे। 

अहिलेसम्म दोगडाकेदार गाउँपालिकालेमात्रै भू –उपयोग क्षेत्र वर्गीकरण गरेको रिपोट नापी कार्यालयमा बुझाएको छ । 

स्थानीय तहहरुले भू–उपयोग क्षेत्र वर्गीकरण नगर्दा सम्म कित्ताकाट रोकिएको र यसले सेवाग्राहीहरुलाई भने समस्या भएको छ । 

केही स्थानीय तहहरुले भू–उपयोग क्षेत्र वर्गीकरणको काम अन्तिम चरणमा पुगेको जनाएका भएपनि त्यसको जानकारी नापी कार्यालयमा पुगेको छैन् । 

स्थानीय तहहरुले भू–उपयोग क्षेत्र वर्गीकरण गरेर रिपोट बुझाएपछि मात्रै कित्ताकाट खुल्ने नापी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!