बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका २ कफलकाेटमा रहेको राैलेश्वर माविमा अक्षयकोष स्थापना गरिएको छ।
दाेगडाकेदार २ धुरा घर भइ हाल अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएका प्राध्यापक अधिवक्ता रैभान सिंह महराले स्वर्गीय हजुरबुवा ठगी सिंह महरा र स्वर्गीय हजुरआमा सीता देवी कुँवर महराको सम्झनामा १ लाख ५ हजारकाे (नैपाले)अक्षयकोष स्थापना गर्नुभएको हाे।
यस्तै स्वर्गीय बुवा वीर बहादुर महरा र स्वर्गीय आमा झुली देवी भाट महराको सम्झनामा १ लाख ५ हजारको वीर बहादुर झुली देवी महरा अक्षयकोष स्थापना गर्नुभएको छ।
स्थापना भएकाे अक्षयकोषकाे ब्याजबाट गरिब, जेहेन्दार, कलाकार,उत्कृष्ट खेलाडी विद्यार्थीलाई सहयोग गरिने राैलेश्वर मावि कफलकाेटका प्राधानाध्यापक नरेन्द्र भाट बताउनुभयो ।
यस्तै प्राध्यापक अधिवक्ता रैभान र उहाँका दाजु रघुवीर महराले मिलेर स्थानीय कला,संस्कृतिकाे जगेर्नामा सहयाेग पुगाेस भनेर १० सेट सांस्कृतिक पाेसाक, ४ सेट छलिया पाेसाक दिने र अन्य सहयाेगकाे पनि प्रतिवद्धता गर्नुभएको छ।
आज एक कार्यक्रमकाे आयाेजना गरेर अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयराज भट्टले जानकारी दिनुभयो ।
कार्यक्रमकै अवसरमा दमाहा चढाउने दुबै भाईहरू रैभान र रघुवीर तथा दमाहा निर्माणमा सहयाेग गर्ने जहरी लुहार र अजि भुललाई समेत सम्मान गरिएको छ।
अक्षयकोष स्थापना कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी,अभिभावकलगायतको उपस्थिति रहेकाे थियाे।

