एनपीएल खेल्न चाहने खेलाडीले साउन ६ गतेभित्र नाम दर्ता गराइसक्नुपर्ने

काठमाडौं:नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) लेविज्ञप्ति निकालेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो।

क्यानका अनुसार एनपीएलका आठ वटा टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन्। खेलाडीहरुले ‘ए’, ‘बी’ र ‘सी’ मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

खेलाडीले आउँदो साउन ६ गतेसम्म दर्ता गर्न सक्ने छन्। खेलाडी रजिस्ट्रेसनका लागि एक हजार रुपैयाँ शुल्क लाग्नेछ।

क्यानको वार्षिक क्यालेन्डरअनुसार एनपीएलको मिनी अक्सन अगस्ट महिनामा आयोजना हुने तयारी छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!