काठमाडौं: नेपाली युवा क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानलाई पराजित गरेको छ ।
भुटानलाई हराएसंगै लगातार चाैथाे जित निकालेको नेपाल सेमिफाइनलमा पुगेकाे छ।
नेपालले दिएको ३ सय ५९ रनको लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ६० रन मात्रै बनाउन सक्यो । भुटान ३४.४ ओभरमै अलआउट भयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो ।
रौनक श्रीवास्तवले १६८ रन हिर्काए।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ ।
